Logo

साफ यू–१५ च्याम्पियनशिपमा नेपालको पहिलो प्रतिस्पर्धी भारत



Spread the love

२३ साउन, काठमाडौं । साफ यू–१५ फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको कल्याणीमा आयोजना हुने उक्त च्याम्पियनशिपमा नेपाल सहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता जनाउने छ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालले भदौ ४ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको सामना गर्नेछ । त्यस्तै, नेपालले आफ्नो दोस्रो खेलमा भदौ ६ गते श्रीलङ्कासँग खेल्छ भने १० गते बङ्गलादेशसँग र १२ गते भूटानको सामना गर्नेछ । उक्त प्रतियोगिताका लागि यू–१५ का मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ, सहायक प्रशिक्षक राजकुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।

गोलकिपरमा: ईश्वर गुरुङ, मनोज दाहाल र जिनियस केसी
डिफेन्डरमा :प्रज्ञान महर्जन, अविशेक वाइवा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू र रोशन थापा
मिडफिल्डरमा: जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाईं
फरवार्डमा :कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी र शशाङ्क बोहरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्