Logo

म्यानचेस्टर सिटी र इटालियन च्याम्पियन युभेन्टसद्वारा आपसमा डिफेन्डर साटासाट



Spread the love

२३ साउन, काठमाडौं । इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी र इटालियन च्याम्पियन युभेन्टसले डिफेन्डर आपसमा साटासाट गरेका छन् ।

सिटीका डिफेन्डर ड्यानीलो युभेन्ट्स जाँदा युभेन्ट्सबाट डिफेन्डर जोआओ क्यान्सेलो सिटी आएका हुन् ।

सिटीले युभेन्टसलाई यसवापत २८ मिलियन युरो थप दिने छ । सिटीकोलागि वाल्करले सेन्टर डिफेन्डरको भूमिका निर्वाह गर्नसक्ने र साथसाथै राइट ब्याक पोजिसनमा काइल वाल्करलाई चुनौती दिन सक्ने हुँदा क्यासेलोलाई विकल्पका रुपमा भित्र्याएको हो ।

सन् २०२५ सम्म क्यान्सेलोले सिटीसंग सम्झौता गरेका छन् । युभेन्टससँग सन् २०२४ सम्मका लागि ड्यानीलोले सम्झौता गरेका छन् । उनले दायाँ र बायाँ दुवैतर्फ राम्रोसंग खेल्न सक्ने हुनाले पनि युभेन्टसले उनलाई लामो समयदेखि पछ्याएको थियो । सिटीमा उनले अपेक्षित अवसर पाउन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्