Logo

प्लेअफमा सन्दीप र सोमपालको टोली भिड्ने सम्भावना उच्च



Spread the love

२२ साउन, काठमाडौं । हाल क्यानाडामा जारी ग्लोबल टि-२० प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछाने र सोमपाल कामी खेलिरहेका छन् । सन्दीप टोरन्टो नेसनल्स र सोमपाल विनिपेग हक्सबाट खेलिरहेका छन् ।

हालसम्म दुवै टोलीको प्लेअफ पुग्ने सम्भावना टुंगो भने लागेको छैन । यद्यपि दुवै टोली अथवा दुई मध्य एक भने प्लेअफ पुग्ने पक्का भइसकेको छ । गएराती हक्स र भान्कुभर नाइट्सको खेल वर्षाको कारण रद्द भएपछि दुवै टोलीले १-१ अंक बाँडेका थिए ।

सन्दीप सम्मिलित टोरन्टो नेसनल्स र मोन्टरियल टाइगर्सबीच आज राती हुने खेलमा जित-हार नतिजा आए हक्स प्लेअफमा पुग्नेछ । टोरन्टोले जित निकाले हक्स र नेसनल्सले प्लेअफ चरण अन्तर्गत एलिमिनेटरमा भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्