Logo

जिम्बावेले यूएईमा हुने ग्लोबल छनोट खेल्न नपाउने



Spread the love

२२ साउन, काठमाडौं । जिम्बावेलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले यूएईमा हुने ग्लोबल छनोट खेल्न नदिने भएको छ । यसै महिना आईसीसीले जिम्बावे क्रिकेट बोर्डलाई अत्याधिक सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो ।

जसका कारण जिम्बावेका खेलाडी नि:शुल्क खेल्ने भनेपनि आईसीसीले नदिने बताएको छ । आइसिसीले जिम्बाबेको सट्टा नाइजेरियालाई टी–२० विश्वकप छनोटको मौका दिएको छ।

इजेरिया २०२० अन्डर–१९ विश्वकपमा समेत छनोट भएको छ। आगामी महिना स्कटल्याण्डमा आयोजना हुने महिला टी–२० विश्वकप छनोटमा जिम्बाबेको सट्टा नामिबियालाई मौका दिइएको छ।

प्रतिक्रिया दिनुहोस्