Logo

नेपाल फुटबल संघको प्रस्ताव कुवेतद्वारा अस्वीकार



Spread the love

२२ साउन, काठमाडौं । विश्वकप छनोट अन्तर्गत कुवेतसँग भदौ १९ गते हुनु पर्ने होम म्याच कुवेतमै खेलाउनका लागि अखिल नेपाल फुटबल संघ ले प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्ताव कुवेतले सहजै नकारेको छ ।

अब भदौ १९ मा कुवेतविरुद्ध हुने खेल न्यूट्रल भेन्यु अर्थात् तटस्थ मैदानमा खेलाउनु पर्नेछ । एन्फाले दशरथ रंगशालाको पूर्ण निर्माणको काम भईरहेकोले कुवेतमा खेलाउन प्रस्ताव गरेको थियो ।

विश्वकप छनोटको समूह‘बी’ मा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् ।

प्रतिक्रिया दिनुहोस्