Logo

प्रधानमन्त्री ओलीद्वारा स्वराजको असामयिक निधनप्रति समवेदना व्यक्त



Spread the love

२२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री सुश्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

सिङ्गापुरमा रहेका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेका हुन् ।

यसैगरी स्वराजको निधनप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि दुःख व्यक्त गरेसंगै नेपाल–भारत सम्बन्ध विस्तारमा उनले निर्वाह गरेका भूमिकाको स्मरणसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्