Logo

कस्तो अवसर र समारोहमा कस्तो जुत्ता-चप्पल लगाउने त ?



Spread the love

भनिन्छ नि हरेक मानिसको व्यक्तित्व उसले लगाएको जुत्ताबाट प्रस्ट रुपममा झल्किन्छ । जुत्ताले मानिसको हैसियत समेत बताउँछ । हामीले जुत्ता-चप्पललाई इज्जत गरेर लगायौं भने त्यसले पनि हाम्रो इज्जत बढाउँछ ।

धेरै जसो समय, मौसम र अवसर हेरेर जुत्ता-चप्पल लगाउने गर्नुपर्छ । जुत्ता-चप्पलको मामलामा महिलाहरु पुरुषभन्दा एक कदम अगाडि हुन्छन् । यहाँ हामी महिलाहरुले कस्तो अवसर र समारोहमा कस्तो जुत्ता-चप्पल लगाउने त ?

-साँझको पार्टीमा: जमघटहरुमा सामान्य फ्ल्याट तथा हल्का हिल भएको चप्पल अथवा जुत्ता लगाउनु पर्छ । यस्तो अवसरमा चौडा हिल भएको चप्पल पनि उपयुक्त हुन सक्छ । यसले खुट्टालाई आराम दिन्छ । साँझको पार्टीमा अग्लो हिल भएको जुत्ता लगाउनु हुँदैन ।अग्लो हिल भएको जुत्ता अथवा चप्पल लगाएर धेरै समयसम्म हिँडडुल गर्न गाह्रो हुन्छ ।

-रातीको पार्टी: रातीको पार्टीमा हिल कम भएको जुत्ता नै उपयुक्त हुन्छ । अझ वेज हिल भएका जुत्ता नै रातीको पार्टीका लागि उपयुक्त हुन्छ । यो हिलले खुट्टालाई पूर्ण रुपले सपोर्ट दिन्छ, रत्तिभर असहज महसुस हुन दिंदैन ।

घुमफिर: साथी-भाइहरूसँग बाहिर घुम्न जानु भएको बेला फ्ल्याट जुत्ता लगाउनु उपयुक्त हुन्छ । यस्तो बेला जिन्ससँग स्पोर्ट्स सुज पनि उपयुक्त हुनसक्छ ।

-होटल : डिनरका लागि होटल गएको बेला हल्का फेसनेवल हुन मन लाग्छ । त्यस्तो बेलामा आफ्नो पहिरन अनुसारकै जुत्ता-चप्पल छनोट गर्नु पर्छ । त्यो बेला साधारण खालको पहिरन लगाइएको छ भने जुत्ता-चप्पलमा विशेष ध्यान दिनु पर्छ ।

-विवाहको पार्टी: विवाह, व्रतबन्धजस्ता विशेष अवसरमा हाइहिल भएकै फुटवेयर प्रयोग गर्न सकिन्छ, जसले तपाईंको शारीरिक वनावटलाई आकर्षक देखाउँछ । आफुले लगाएको पहिरनसँग जुत्ता-चप्पल मिलेको छ कि छैन भन्ने कुरामा ध्यान दिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्