Logo

एसीसीले समयमै स्वीकृति नदिँदा यू-१९ प्रशिक्षण सुरु हुन पाएन



Spread the love

२१ साउन, काठमाडौं । नेपाल क्रिकेट संघको निलम्बनपश्चात नेपाली क्रिकेट अहिले अभिभावकविहिन भएको छ । जसको प्रभाब यति बेला नेपाली क्रिकेटमा परेको देखिन्छ ।

क्यान नहुँदा यतिबेला नेपाली यू१९ टोलीले प्रतियोगिताको तयारीसमेत गर्न पाएका छैनन् । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने यू-१९ एसिया कपमा भारत सहित टेस्ट राष्ट्रको सामना गर्नुपर्ने नेपालले अहिलेसम्म पनि बन्द प्रशिक्षण सुरु गरेको छैन । एसियन क्रिकेट काउन्सिल बजेट स्वीकृति नपठाउँदा नेपाली टोलीको तयारी रोकिएको हो । आजदेखि बन्द प्रशिक्षण गर्ने भनिएपनि स्वीकृति नआएको कारण प्रशिक्षण हुन पाएको छैन ।

उक्त प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, यूएई, नेपाल र कुवेतले सहभागिता जनाउने छ । नेपाल अघिल्लो महिना मलेसियामा सम्पन्न एसीसी यू१९ इस्टर्न रिजनको बन्द प्रशिक्षणमा राखेको १९ खेलाडीलाई नै पुन : निरन्तरता दिनेछ ।

प्रतिक्रिया दिनुहोस्