Logo

टोटेनहम इन्टर मिलानसँग पराजित



Spread the love

२० साउन, काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा मिलानसँग टोटेनहम पेनाल्टी सुट आउटमा पराजित भएको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । जसमा मिलनले टोटेनहमलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।

यसअघि तेस्रो मिनेटमै लुकास मौराको गोल मार्फत टोटेनहमले सुरुवाती अग्रता बनायो । यता खेलको ३६ औ मिनेटमा स्टेफानो सेन्सीले मिलनका लागि बराबरी गोल फर्काएका थिए । प्रि–सिजन टुर अन्तर्गत टोटेनहमको यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्