Logo

सन्दीप सम्मिलित टोरन्टोको विजयी सुरुवात



Spread the love

२० साउन, काठमाडौं । ग्लोबल टी–२० क्यानडामा टोरन्टो नेशनल्सले पहिलो जित हात पारेको छ । सोमबार बिहान भएको खेलमा मोन्ट्रियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको हो ।

मोन्ट्रियल टाइगर्सले दिएको १३७ रनको विजयी लक्ष्य टोरेन्टोले १७.३ ओभरमा ६ विकेटको नोक्सानीमा भेट्टायो । उसका लागि चिराज सुरीले ५२ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ थालेको मोन्ट्रियल टाइगर्सले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । नेपालका सन्दीप लामिछानेले एक विकेट हात पारे । सन्दीपले आफ्नो पहिलो खेलमा भन्दा दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्दै ४ ओभर बलिङ गरेर २८ रन खर्चिदै एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्