Logo

लिभरपुललाई पराजित गर्दै सिटीलाई कम्युनिटी सिल्डको उपाधि



Spread the love
२० साउन, काठमाडौं । गत सिजन लिगको जित यात्रालाई कायम राख्दै म्यानचेस्टर सिटीले नयाँ सिजनको पहिलो उपाधि आफ्नो कब्जामा पारेको छ । आइतबार लिभरपुललाई टाइब्रेकरमा ५-४ ले हराउँदै सिटीले कम्युनिटी सिल्ड जितेको हो ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएसंगै खेल टाइब्रेकरमा पुगेको थियो । खेलको १२ औं मिनेटमा रहिम स्टरलिङको गोलमार्फत सिटीले अग्रता लियो । खेलको ७७ औं मिनेटमा भान डाइकको क्रसमा वैकल्पिक खेलाडी जोएल माटिपले हेडरमार्फत लिभरपुलले बराबरी गोल फर्कायो ।

टाइब्रेकरमा सिटीका पाँचै प्रहार गोलमा परिणत भयो । लिभरपुलका जिओर्जिनियो वाइनल्डमको दोस्रो प्रहार गोलरक्षक ब्राभोले बचाएसंगै सिटी उपाधि जित्न सफल रहयो ।

प्रतिक्रिया दिनुहोस्