Logo

एक खेल अगावै टि२० सिरिजको उपाधि भारतलाई



Spread the love

२० साउन, काठमाडौं । पाहुना टोली भारतले वेस्टइन्डिजलाई दोस्रो टि२० मा पराजित गर्दै तीन खेलको सिरिज १ खेल अगाबै कब्जा गरेको छ ।

गएराति डकवर्थ लेविस पद्दति आधारमा २२ रनले विजयी हुँदै भारतले सिरिज हात पारेको हो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.३ ओभरमा ९८-४ को अवस्थामा खेल वर्षाले रोकिदा नतिजा डिएलमा पुगेको हो । रोभमन पावेलले ३४ बलको सामना गर्दै ५४ रन जोडे । निकोलस पुरनले ३४ बलको सामना गर्दै १९ , एभिन लुइस डक र सुनिल नारायन ४ रनमा आउट भए । त्यस्तै , काइरन पोलार्ड ८ र शिम्रन हिटमायर ६ रनमा खेलि रहँदा वर्षा सुरु भएको थियो ।

भारतका लागि क्रुनाल पाड्या २, वाशिन्टन सुन्दर र भुवनेश्वर कुमारले समान १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ६७ रन बनायो । भारतका लागि ओपनर रोहितले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै कप्तान विराट कोहलीले २३ बलको सामना गर्दै २८ रन जोडे । ओपनर शिखर धवन २३,ऋषभ पन्त ४,मनिष पाण्डे ६ रनमा आउट हुँदा क्रुनाल पड्या २० र रविन्द्र जडेजा ९ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका लागि ओशन थोमस र शिल्डन कर्टेलले समान २ विकेट हात पारे । किमो पलको नाममा १ विकेट रह्यो । अन्तिम खेल भने मंगलबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्