Logo

विमलको गोलसंगै टिसी बराबरीमा रोकियो



Spread the love

२० साउन, काठमाडौं । धिवेहि प्रिमियर लिग अन्तर्गत आइतबारको भएको खेलमा नेपाली फरवार्ड विमल घर्तीमगरले गोल गरेका छन् ।

टिसी स्पोर्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका विमलले डा ग्रान्ड विरुद्ध १-१ को बराबरीमा गोल गरे । पहिलो हाफमा पेनाल्टी क्षेत्रभित्र पाएको कटब्याक पासलाई विमलले गोलमा बदल्दै टिसीलाई अग्रता दिलाए ।

तर ,दोस्रो हाफको ६० औ मिनेटमा ग्रान्डेले वबाइडाको पेनाल्टीमा गोल फर्कायो । सिजनको सुरुवातमा एफए सिल्ड उपाधि हात पारेको टिसीले त्यसयता भने सोचे अनुरुपको नतिजा निकाल्न सकेको छैन ।

टिसीले लिगको ६ खेलमा ९ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्