Logo

नेपोद्वारा ‘चिन्तन चौतारी’ को तेस्रो संस्करण सम्पन्न



Spread the love


काठमाडौँ । टिम नपोले आफ्नो टक प्रोग्राम सिरिज ‘चिन्तन चौतारी’ को पहिलो र दोस्रो संस्करणको व्यापक सफलता पछि शनिवार किङ्स कलेज बबरमहलमा तेस्रो संस्करण पनि सम्पन्न गरेको छ ।

७० जना भन्दा बढी युवाहरू सहभागी रहेको सो कार्यक्रममा “The Art of Writing” विषयमा बोल्ने मुख्य वक्ता डा.रबिन्द्र समीर थिए । त्यस्तै अन्य वक्ताहरूमा जनस्वास्थ्य अधिकृत गणेशराज पौडेल र जुझारु युवा मिर्दुल बस्नेत थिए । डा. रबिन्द्र समीर टिम नेपो को सल्लाहकारका रूपमा पनि रहँदै आएका छन् । साहित्य अनि लघुकथामा पोख्त डा.समीर एक स्वास्थ्य क्षेत्रमा पनि आबद्ध रही विभिन्न समाज कार्यमा सक्रिय रही आएका छन् । उनले आफ्नो १२औ संस्करण “मृत्युको आयु” लेख्दा आफूले प्रत्यक्ष भोगेको अनुभव पनि सम्पूर्ण उपस्थिति युवाहरूमाझ व्यक्त गरेका थिए ।

‘चिन्तन चौतारी’मा शुभकामना व्यक्त गर्दै जनस्वास्थ्य अधिकृत गणेशराज पौडेलले पनि साहित्य र संस्कृत आजको आवश्यकता रहेको र यसलाई आफ्नो लेखमा प्रस्तुत गर्न यो संस्करणले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । त्यस्तै शुभकामना मन्तव्य दिँदै जुझारु युवा मृदुल बस्नेतले पनि देश विकासमा युवाको भूमिका बारे जानकारी दिँदै युवाहरूलाई साहित्य क्षेत्रमा लाग्न डा. समीरले देखाउनु भएको प्रयासको खुलेर तारिफ गरेका थिए । कार्यक्रमको सञ्चालक जया सापकोटाले गरेकी थिइन् भने कार्यक्रमको संयोजन नारायण खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्