Logo

इस्माइल एसी मिलानमा अनुबन्धित



Spread the love

१९ साउन, काठमाडौं । इम्पोलीका इस्माइल बेन्नासरलाई एसी मिलानले क्लब अनुबन्धित गरेको छ । अल्जेरियाका २१ वर्षीय मिडफिल्डर बेन्नासरलाई मिलानले १६ मिलियनमा क्लब भित्र्याएको हो ।

५ वर्षका लागि मिलानमा आवद्ध बेनान्सर आर्सनलका पूर्वखेलाडी हुन् । २०१५ देखि २०१७ सम्म उनले आर्सनलको युवा टोलीबाट खेलेका थिए भने फ्रान्सको युवा टोलीको समेत प्रतिनिधित्व गरिसकेका छन् ।

अहिले अल्जेरियाबाट खेलिरहेका उनले अफ्रिका कप नेसन्समा सानदार प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्