Logo

म्यानचेस्टर युनाइटेड पेनाल्टीमा भाग्यमानी साबित



Spread the love

१९ साउन, काठमाडौं । प्रिसिजन अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानलाई टाईब्रेकरमा ५–४ गोलले पराजित गरेको छ । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएसंगै पेनाल्टीमा युनाइटेड भाग्यमानी साबित भएको हो ।

खेलको १४औं मिनेटमा मार्कस रासफोर्डको गोलमार्फत युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । त्यसपश्चात २६ औं मिनेटमा मिलानका सुसोले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

युनाइटेडका भिक्टोर निल्सन लिन्डेलोफले ६० औं मिनेटमा आत्मघाति गोल गरेसंगै मिलानले अग्रता बनायो । मिलानको अग्रतापछि जेसे लिङगार्डले युनाइटेडका लागि ७२औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।

बराबरीपछि पेनाल्टीमा गएको खेलमा युनाइटेडको पाँचवटै प्रहार सफल रह्यो । मिलानको लागि भने चार खेलाडीले मात्र गोल गर्न सके ।

प्रतिक्रिया दिनुहोस्