Logo

विश्वकै सर्वाधिक महँगा डिफेन्डर बन्न सफल ह्यारी



Spread the love

१९ साउन, काठमाडौं । इंग्ल्यान्डका तथा लेस्टर सिटीका डिफेन्डर ह्यारी मगाएर विश्व फुटबलका सर्वाधिक महँगा डिफेन्डर बन्ने भएको छ ।
लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच ह्यारीको ट्रान्सफरका लागि ८० मिलियन पाउण्ड रकमको सम्झौता भएको हो ।

केहि दिनमा नै २६ वर्षीय डिफेन्डरले ट्रान्सफरका सम्पूर्ण प्रक्रिया पूरा गर्ने छन् । लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले ह्यारी युनाइटेड जान अब केहि औपचारिक प्रक्रिया मात्र बाँकी रहेको जानकारी दिएका छन् ।

हल सिटीबाट सन् २०१७ मा लेस्टर आएका उनले लिगमा ६९ खेल खेलेका छन् । यो ट्रान्सफरसँगै मगाएर विश्व फुटबलकै सर्वाधिक महँगा डिफेन्डर बन्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्