Logo

पहिलो टि २० खेलमा भारत विजयी



Spread the love

१९ साउन, काठमाडौं । वेस्ट इन्डिजसँगको पहिलो टि२० खेलमा भारत ४ विकेटले विजयी भएको छ । ९६ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो ।

भारतका लागि ओपनर रोहित शर्माले २५ बलको सामना गर्दै २४ रन जोडे । ऋषभ पन्त ,शिखर धवन १ र मनिष पाण्डे र कप्तान विराट कोहली समान १९ रनमा आउट भए ।

क्रुनाल पाण्डे १२ रनमा आउट हुँदा रविन्द्र जडेजा १० र वाशिन्टन सुन्दर ८ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि सुनिल नारायण, शिल्डन कर्टेल र किमो पलले समान २ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा मात्र ९५ रन बनायो । सुरुवाती ६ ओभरमै ५ विकेट गुमाएको वेस्ट इन्डिजका लागि काइरन पोलार्डले ४९ बलको सामना गर्दै ४९ रन जोडे ।

त्यस्तै निकोलस पुरनले १६ बलमा २० रन जोड्नु बाहेक बाहेक ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । वेस्ट इन्डिजलाई सस्तैमा समेट्न नवदीप सैनीले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ३ विकेट हात पारे ।

भुवनेश्वर कुमारले २ विकेट हात पारे । वासिश्टन सुन्दर, खलील अहमद, क्रुनाल पाण्डे र रविन्द्र जडेजाको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्