Logo

छुचुन्द्रोले हैरान बनाएको छ ? तर घरमा छुचुन्द्रो आउँदा फाइदा पनि छन् ।



Spread the love

काठमाडौँ । छुचुन्द्रो विश्वभर नै पाइन्छ । हालसम्म छुचुन्द्रोका ३० प्रजातिको बारेमा अध्ययन गरिएको छ । छुचुन्द्रो मुसा जस्तै लामो थुतुनो भएको प्राणी हो । जसलाई हिन्दु धर्मअनुसार गणेशको वाहनको रूपमा लिइन्छ । छुचुन्द्रो सेतो, खैरो, कालो एवम् माटो रङका हुने गर्छन् । यसको जीउबाट दुर्गन्ध पनि आउने गर्दछ ।

यस जीव प्रायत जमिनमुनि रहने गर्दछ । समथर र लचिलो माटो पाएमा यसले २०० मिटर गहिरो सुरुङसम्म खन्न सक्दछ । छुचुन्द्रो त्यस्ता भोक्कड जीवहरूमध्ये एक हो जो १२ घण्टासम्म केही खान पाएन भने भोककै कारण मर्छ ।

छुचुन्द्रोलाई निकै खतरनाक जीव मानिन्छ । अन्नबाली खान नपाएको खण्डमा यस जीवले मुसा र सर्पलाई समेत आफ्नो आहार बनाउने गर्दछ । लाटोकोसेरोलाई छाडेर अन्य कुनै पनि जीवले यसलाई खाने गर्दैनन् ।

घरमा छुचुन्द्रा आयो भने मार्नुहुन्न भन्ने धार्मिक विश्वास रहेको छ । यसलाई मारेमा घरबाट लक्ष्मी  हट्ने मान्यता रहेको छ । आउनुहोस् जानौँ घरमा छुचुन्द्रो हुँदाको फाइदा एवम् बेफाइदाहरू:

फाइदा :

१. मानिन्छ कि छुचुन्द्रो यदि तपाइको वरिपरि घुम्दछ भने तपाइको भविष्यमा सुख चयन प्राप्त हुँदैछ ।

२. उसै गरी यदि छुचुन्द्रो घरको वरिपरि घुमिरहेको छ भने घर सुरक्षित छ, कुनै बाधाअड्चनहरु देखिने छैनन् ।

३. मानिन्छ कि प्राय हरेकको घरमा दिनहुँ जसो छुचुन्द्रो देख्न सकिन्छ तर दीपावलीको दिन देखिनुले निकै शुभ सङ्केत दिने गर्छ । यस दिन दीपावली पश्चात् छुचुन्द्रो देखिनुले घरमा लक्ष्मीको वास भइसक्यो र जीवनमा कहिले आर्थिक सङ्कट पर्नेछैन भन्ने कुरा बुझ्न सक्न्छि ।

४. जुन घरमा छुचुन्द्रोको नियमित आउने जाने भइरहन्छ, त्यस घरमा लक्ष्मीको वास हुनेछ । तर सफा घरहरूमा भने छुचुन्द्रो कमै देखिन्छ ।

५. जहाँ छुचुन्द्रो हुन्छ, त्यहाँ मुसा, सर्प, माकुरा तथा अन्य किटपतंगको नामोनिशान रहँदैन ।

६. छुचुन्द्रो रहेको ठाउँमा विभिन्न हानिकारक ब्याक्टेरिया जीवित रहन सक्दैन ।

बेफाइदा :

१. छुचुन्द्रोको थुकमा विषालु सर्पहरूमा पाइने जस्तै विष हुने गर्दछ ।  यदि छुचुन्द्रोले तपाइको शरीरको कुनै पनि भागमा थुकिदियो भने त्यस अङ्ग लाटो हुनेछ । मानिन्छ यदि छुचुन्द्रोले तपाइको टाउकोमा थुकिदियो भने तपाइको त्यस भागको कपाल सधैँको लागि हराउनेछ । यसकारण छुचुन्द्रो ओछ्यानको आसपास हुनु खतरनाक मानिन्छ ।

२. यदि तपाइको घरमा छुचुन्द्रो छ भने त्यसले खानेकुरा खराब बनाइदिन्छ । छुचुन्द्रोले छोएका खानेकुराहरू विषालु हुन्छ । यसैले खानेकुराहरू छोपेर राख्नु उत्तम हुनेछ ।

३. छुचुन्द्रोले स-साना बच्चाहरूले टोकिदिएको खण्डमा बच्चा बेहोस भएर लड्न सक्छन् । डाक्टरहरू बताउँछन् कि छुचुन्द्रोले  टोकेको खण्डमा मानिस वा अन्य जीवले केही कुरा पनि ठिकसँग सोच्न सक्दैन । छुचुन्द्रोले टोक्दा मस्तिष्क अचेत हुन् सक्छ । यसैकारण जीवहरूलाई रिँगटा चल्ने हुन्छ ।

४. रातको समयमा छुचुन्द्रोले तपाइको औँलाको माख्लो हिस्सा खान सक्छ । आफ्नो थुकद्वारा लट्ठ बनाएर तपाइको औँलाको मासु खाने हुँदा तपाइले केही पनि महसुस गर्नु हुँदैन ।

५. यदि छुचुन्द्रोले निकै असर पुर्याएको छ भने ‘एन्टी रेबिज इन्जेक्सन’ लगाउनुपर्छ । कुकुर, बिरालो, चमेरा, छुचुन्द्रो, बाघ या सिंहले टोकेको खण्डमा रेबिज विरुद्धको सुई लगाउनु बुद्धिमानी हुन्छ । हाइड्रोफोबिया फैलाउने अन्य जीवजन्तु मध्ये छुचुन्द्रो पनि एक हो । यसैले सकभर छुचुन्द्रोलाई घरबाट भगाउँदा नै राम्रो रहन्छ ।

छुचुन्द्रो भगाउने उपायहरू:

१. घरको हरेक कुनामा पिपरमेन्ट ल्याएर राखेको खण्डमा छुचुन्द्रोबाट मुक्ति पाउन सकिन्छ ।

२. पुदिनाको पात या पुदिनाको फुललाई कुटेर छुचुन्द्रो देखिने ठाउँहरूमा दलिदिने गर्दा पनि छुचुन्द्रो घरमा देखिने छैन ।

३. रातो खुर्सानीको धुलो छुचुन्द्रो देखिने ठाउँमा छर्कि दिनाले पनि छुचुन्द्रोबाट मुक्ति मिल्नेछ ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्