नयाँ संविधानले अस्वीकार गरेको समग्र मधेस एक प्रदेश को एजेन्डा स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुन बहसमा ल्याउने प्रयत्न थालिएको खबर आजको नागरिकमा छापिएको छ ।
उक्त एजेन्डमा सहमत हुने राजनीतिक दलबीचको अन्तरपार्टी सञ्जालका रुपमा मधेस भ्वाइस एसेम्बल िगठन गरेर सो मुद्दालाई फेरी बहसमा ल्याउने प्रयत्न गरिएको हो ।
त्यसका लागि पाँच सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीमा महेन्द्रराय यादव, विकास तिवारी, रिजवान अन्सारी र डा. रामकेवल शाह छन् ।
प्रतिक्रिया दिनुहोस्