Logo

सल्यानमा जनपरिषद उपसंयोजक सहित ५ पक्राउ



Spread the love

अरुण वली,
साउन २, सल्यान
सर्लाहीका सुकुम्बासीलाई डोजर लगाएर हटाएको विरोधमा विप्लव माओवादीले २ घण्टे चक्काजाम गरेकोमा सल्यानका २ कार्यकताए पक्राउ परेका छन ।
माओवादीले निर्माण गरेको जनपरिषद सल्यानका उपसंयोजक मोहन केसी र अखिल क्रान्तिकारी सल्यानका सदस्य सुकलाल बस्नेतलाई आज श्रीनगरबाट पक्राउ गरेको छ । आफ्नो पार्टीको केन्द्रिय कार्यक्रम अनुसार गरिएको चक्काजामका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै यथासिघ्र छोड्नुपर्ने पार्टीका सल्यान सेक्रेटरी डिल्लीराज शर्मा विश्वले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले सबैले निर्देशनको पालन गर्ने क्रममा जिल्लाको शान्ति सुरक्षाका लागि आफुले पाएको निर्देशन अनुसार नै काम गरेको भन्दै पक्राउ गरिएकाहरुलाई आवश्यक छानविन पछि छोडिने बताएका छन । उता थारमारेबाट पनि जनस्वयमसेवकका केन्द्रिय सदस्य भद्र बहादुर डिसी, अनेमसंघकि केन्द्रिय सदस्य हेमन्ता बुढाथोकी र पार्टी सदस्य खुम बहादुर वलीलाई पनि आधा घण्टा नियन्त्रणमा लिई छोडिएको छ ।

(अनलाइन तहल्का डट कमबाट साभार)

प्रतिक्रिया दिनुहोस्