१७ साउन, भरतपुर । अज्ञात समूहले चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरेको छ
आज बिहान भएको आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको हो ।
अज्ञात समूहले वडा कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको र उक्त आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ।
यस सम्बन्धमा केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्