Logo

राजनीतिज्ञ बराल पुरस्कृत



Spread the love

१६ साउन, काठमाडाैँ – कम्युनिष्ट नेता एवम राजनीतिज्ञ गुरु बराल पुरस्कृत भएका छन् । २७औँ  प्रकाश स्मृति दिवस’ तथा ‘२५औँ प्रकाश मानवअधिकार पुरस्कार–२०७५’बाट उनि पुरस्कृत भएका हुन् । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज आयोजित कार्यक्रमको शुरुआत ‘मानवअधिकारको रक्षा र विकास जनताका सचेत जागरण र सङ्गठित आवाजबाट मात्र सम्भव छ’ मानवअधिकारकर्मी स्व प्रकाश काफ्लेको महावाणीबाट गरिएको थियो । कार्यक्रममा पुरस्कृत बरालको संक्षिप्त चिनारी प्रस्तुत गरिएको थियो । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले मानवअधिकारको रक्षा गर्नु राज्यको जिम्मेवारी हो भने । शिक्षा क्षेत्रमा नै काम गर्ने राजनीतिज्ञ बराल पुरस्कृत भएकोमा उनले खुशी व्यक्त गरे ।

मुख्यमन्त्री शेरधन राईले प्रदेशमा मानवअधिकार हनन् हुन नदिन प्रदेश सरकार गम्भीर रहेको बताए । मानव अधिकारवादी स्व काफ्लेको सोच र अवधारणाले देशको समग्र विकासमा बल पुगेको उनले चर्चा गरे । प्रदेशलाई सुखी र समृद्ध बनाउन राजनीतिज्ञ बरालको सोच र दृष्टिकोणलाई नीति तथा कार्यक्रममा समावेश गरिएको मुख्यमन्त्री राईले बताए ।

पुरस्कृत बरालले बालअधिकार, शैक्षिक अधिकार र सामाजिक न्यायबिना असल समाजको कल्पना गर्न नसकिने धारणा राखे । कार्यक्रममा इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठ, महासचिव रमेशचन्द्र पौडेल, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, इन्सेकका संस्थापक अध्यक्ष सुशिल प्याकुरेल र प्रदेशसभा सदस्य जयराम यादवले मानवअधिकार क्षेत्रमा कार्यरत संस्थाका सोच र दृष्टिकोणबाट धेरै समूह र वर्गको अधिकार सुरक्षित भएको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्