Logo

यमनमा १७ प्रहरी मारिए



Spread the love

१६ साउन, दुबई। सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ ।

यस आक्रमणमा परी दर्जनौं व्यक्ति घाइते भएका चिकित्सकहरुले बताएका छन् ।

यमनको राजधानी शहर कब्जा गरेर बसेका हुथी विद्रोही समूहले एडेनको पश्चिम भागबाट २० किलोमिटर टाढा रहेको अल जाला शिविरमा ड्रोन र ब्लालिस्टिक क्षेप्यास्त्रद्वारा आक्रमण गरेका थिए ।

संयुक्त अरब इमिरेट्सको दक्षिणी बन्दरगाह शहर सैख ओथम्यान क्षेत्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा तीन प्रहरी मारिएको घटना सेलाउन नपाउँदै यो घटना भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्