Logo

फाइनलमा टोट्टनहामको भेट बायर्नसंग



Spread the love

१५ साउन, काठमाडौं । इङ्लिस क्लब टोट्टनहाम र जर्मन क्लब वायर्न म्युनिख प्रिसिजन टुर अन्तर्गत औडी कप फुटबलको फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

मंगलबार राति भएको सेमिफाइनल खेलमा टोट्टनहामले स्पेनिस क्लब रियल म्याड्रिडलाई १–० गोलले पराजित गरेको छ । टोट्टनहामको जितमा २२औं मिनेटमा ह्यारी केनले गरेको गोल नै निर्णायक साबित भयो ।

यसैगरि मंगलबार राति नै भएको खेलमा बायर्नले फेनरबाचेलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्