१५ साउन, गोरखा । गोरखा शहीदलखन गाउँपालिका–७ मकैपुरकी एक १२ वर्षीया बालिकाले आत्महत्या गरेकी छन् ।
बुधबार बिहान साँढे सात बजे आफ्नै कोठामा झुण्डिएको अबस्थामा प्रशान्ता श्रेष्ठ भेटिएको हो ।
आमा पानी भर्न धारामा गएका बेला झुण्डेकी प्रशान्तालाई झुण्डिएको अबस्थामा उनको बहिनीले देखे पछि परिवारले थाहा पाएर कोठा खोलेर डोरी काटेका थिए । तर, त्यस बेलासम्म प्रशान्ताको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनएको छ ।
आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको र उक्त घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीहरुले अनुसन्धान गरिरहेको छ ।
मृतक प्रशान्ता न्यू होराइजन बोर्डिङमा कक्षा ५ मा अध्ययनरत थिइन् ।
प्रतिक्रिया दिनुहोस्