Logo

खोकी लागेर औषधि खाँदा भारतीय युवा ओपनर ८ महिना निलम्बित



Spread the love

१५ साउन, काठमाडौं । भारतीय क्रिकेटर पृथ्वी शलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ८ महिनाका लागि निलम्बित गरेको छ। पृथ्वी डोपिङ टेस्टमा दोषी पाइएपश्चात निलम्बनमा परेका हुन्।

मंगलबार बीसीसीआईले एक प्रेस विज्ञप्ति जारी गर्दै शले प्रतिबन्धित पदार्थ प्रयोग गरेका कारण ८ महिनाको लागि निलम्बित गरेको जनाएको छ । आगामी नोभेम्बर १५ सम्म श निलम्बित भएका हुन् ।

पृथ्वीले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन्। उनले आफ्नो डाक्टरको सल्लाह बोमोजिम घाँटी दुख्दा सेवन गरेको औषधिमा प्रतिबन्धि पदार्थमा शामिल भएको थाहा नभएको स्पष्टीकरण दिएका छन् ।

१९ वर्षिय श ले ३ टेष्ट इनिङमा समान १ शतक र अर्ध शतक सहित कुल २ सय ३७ रन जोडेका छन् । श को कप्तानीमा भारतको यू१९ टोलीले अघिल्लो वर्ष विश्वकपसम्म जितेको थियो ।

वेस्ट इन्डिजसँग गत वर्ष अक्टोबरमा टेष्टमा डेब्यू शतक प्रहार गर्दै श ले सनसनी मच्चाएका थिए । पृथ्वीसँगै अन्य २ खेलाडीलाई समेत निलम्बन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्