काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप र धरहरा आफै पुननिर्माण गर्ने बताएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
उनले स्थानीय जनताको सहयोगमा काष्ठमण्डपको पुननिर्माण महानगरले नै गर्ने बताउँदै यसका लागि तयारी भइरहेको जानकारी दिए ।
यसअघि राष्ट्रिय पुननिर्माण तथा काष्ठमण्डप पुननिर्माण अभियानबीच भएको सम्झौतामा काष्ठमण्डप पुननिर्माण अभियानले निर्माण गर्ने समझदारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्