Logo

स्वास्थ्यमा यस्तो समस्या हुँदा भुलेर पनि नखानुहोस् अनार



Spread the love

 

शरीरलाई स्वस्थ राख्नका लागि फलफुलहरु लाभदायक मानिन्छ । जसमध्ये अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल हो । तर सबै जनालाई अनारको सेवन गर्नाले फाइदा पुर्याउछ भन्ने छैन । यस्ता समस्या हुने व्यक्तिहरूले बिर्सेर पनि अनार खानु राम्रो हुँदैन । जसले गर्दा तपाइको स्वास्थ्यमा फाइदा हुनुको सट्टा उल्टै बेफाइदा गर्न सक्छ । त्यसैले यी समस्या हुनेहरूले खाँदा स्वास्थ्यमा हुने बेफाईदाहरु  :

– अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर गर्ने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुँदैन ।

– ब्लड प्रेसर वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भएको छ भने अनार खानु हुँदैन । अनार खाँदा औषधिले काम गर्दैन ।

– अनारमा फाईबर्सको मात्रा बढी हुने हुँदा कब्जियत र पेटमा ग्यास बढाउँछ ।

– दमका रोगी, मानसिक रोगीहुनेहरुले अनार खाँदा स्वास्थ्यमा झन् समस्या बढ्न सक्छ ।

– अनारले तौल घट्नुको साटो बढाउन मद्दत गर्ने हुँदा आफ्नो तौल घटाउन चाहनेहरुले अनार नखाँदा राम्रो हुन्छ ।

– यदि तपाईलाई एलर्जीको समस्या छ भने अनारको सेवनले झन् एलर्जी बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्