आहा !
कति सुहाएको त्यो
तिम्रो कोमल हातमा मेहन्दी
नाडिमा हरियो पहेँलो चुरा
अनि गलामा त्यो हरियो पोते
म घन्टै टोलाए छु तिम्रो सुन्दर
रुपमा हराए छु तिम्रो पहिरन देखेर
यहि प्रश्न गर्न मन थियो तिमी संग
अह, मनले प्रश्न गर्नै सकेन
त्यो कोमल हातमा मेहन्दिले
कोरिएको नाम कस्को हो?
धेरै प्रश्न सोध्न मन थियो
दोधार दोधार यो मन
यति राम्री भएर कस्को लागि
सजिएकी ह ! तिमी ?
कस्को लागि कुरि बसेकि तिमी ?
यो मध्य दिउसोमा
त्यो छहारी मुनि तिमी ?
अह, मनमा उभ्जिएको
प्रश्न मनमा नै सिमित रह्यो
भन्नै सकिन किन ! किन !
उफ ! मनमा नै पोको पारेर गुम्स्याए
साच्चै हराए छु कता कता
दुनियाँमा पो भुलेछु धत !!
गर्नै सकिन बयान
त्यो रुपको
त्यो सुन्दरताको
त्यो गाजलु नयनको
त्यो गुलाबि ओठको
त्यो बत्तीस लक्ष्यण युक्त शरिरको
कता कता देखे झै लाग्छ
आज देख्नु भन्दा पहिले
अन्दाज लगाउनै सकिन कठै मेरो
मस्तिष्क पनि बिर्सिए छु
पत्तै भएन
लुन सम्झने मन छ
टोलाए फेरि धेरै समय
अह ठम्याउनै सकिन
कति सुहाएको त्यो
तिम्रो कोमल हातमा मेहन्दी
नाडिमा हरियो चुरा
अनि गलामा त्यो हरियो पोते
सोच्दा सोच्दै
सगरमाथाको चुचुरोमा पुगे
जस्तै लाग्न थाल्यो मलाई
लौन सोच्दा सोच्दै बिहान पो
भएछ झल्यास्स बिउझिए
म बिचरो सबै सपना पो रहेछ
बिपनामा सम्झ्दा
मेरि उनी पो रैछिन
नचिने झै गरेर मनले जवर्स्ती
भुलेझै गरेको मेरि उनी
अर्कैलाई रोजिसकेको मेरि उनी
मलाई घृणा गर्ने मेरि उनी
आज अपरिचित भैसकेकी मेरि उनी
मलाई घृणा गर्ने मेरि उनी