तपाई अहिले चिया पिइरहनु भएको छ ? वा कफी पिइरहनु भएको छ ? तारेको आलु र चिप्सको टेस्ट नै फरक छ । वियरको चुस्की लिँदै फ्राई-फिस खानुको पनि मज्जा बेग्लै छ । चकलेट, केक किनेर बर्थडे मनाउनु पनि सानदार हुन्छ । तर यदि तपाइँलाई यी सब प्रयोग गर्न(खान) सख्त मनाही गरियो भने के गर्नुहुन्छ ?
नरिसाउनुहोस् । तपाइको खानाको थालीबाट हामी खाना चोर्दै छैनौं । तपाइँ, हामी नै मिलेर हामी हाम्रो खानाको थालीबाट खाना गुमाउँदै छौं ।
पृथ्वीको वायुमण्डलको तापक्रम हावाको बहाव र वर्षातमा हुने घटबढका कारण पृथ्वीको हालत दयनीय बनिरहेको छ । जलवायु परिवर्तनका कारण हाम्रो पृथ्वी चौबाटोमा अलपत्र परेको छ । वायुमण्डलको तापक्रम बढ्नाले मौसमअनुसार फुल्ने फूलहरू साबिकभन्दा अगाडि नै फुल्न थालेका छन् । वसन्त ऋतुमा चराहरूले चाँडै अण्डा पार्न र चल्ला कोरल्न थालेका छन् । यसबाट तिनीहरूको खाद्य चक्रमा असर परिरहेको छ । जसका कारण सिङ्गो पारिस्थितिक प्रणाली नै जोखिममा पर्न सक्ने खतरालाई बढाएको छ ।
जलवायु परिवर्तनकै कारण भविष्यमा कुन–कुन खाना हाम्रो खानाको थालीबाट हराउने खतरा छ र त्यसको परिणाम के हुनेछ ? आउनुहोस् जानौं ।
कफी र चिया
पानी पछी दोस्रो खपत हुने पेय पदार्थ हो चिया । एक अनुसन्धानको अनुसार विश्वभरमा लगभग २ खर्ब मानिस सबेरै उठेर आफ्नो सुमुदाय र संस्कार अनुसारको चियाजन्य पेयपदार्थ पिउने गर्छन् । अमेरिकामा मात्रै १.४२ मिलियन पाउण्ड चिया दैनिक खपत हुने गर्दछ ।
यदि तपाईं बिहानै उठ्नेबित्तिकै चिया वा कफीको ताजगी भरिएको चुस्की लिनको शौखिन हुनुहुन्छ भने तपाईंका लागि दुःखद् खबर छ ।
विश्व उष्णीकरणका कारण सन् २०५० सम्ममा अवस्था यस्तो हुनेछ कि निकै उर्वर मानिने जमिनहरुको क्षेत्रफल अहिलेभन्दा आधा हुनेछ । त्यस्तै सन् २०८० सम्ममा कफीका कैयन् जंगली प्रजातिहरु पनि लोप भइसक्नेछन् ।
तान्जानिया चिया तथा कफीको मुख्य निर्यातक हो । पछिल्लो आधा दशकमा त्यहाँ कफीको उत्पादन आधाले घटेको छ ।
कफी लोप भएर के भो त ? चिया खाउँला नि, भन्ने विचार गर्नुभएको छ भने पनि तपाईंका लागि राम्रो खबर छैन । किनकि, पछिल्लो समय मौसमको तीव्रतामा भइरहेको असन्तुलनका कारण चिया बगान नासिने र चियाको स्वादमा पनि फरक पर्ने भइरहेको छ ।
त्यसैले भविष्यमा रङ कमवाला पानी जस्तो चिया पिउन तयार हुनुहोस् ।
चकलेट
एक अनुसन्धानको अनुसार लगभग १ खर्ब मानिस चकलेटको सोखिन छन् । हरेक दशमा नौं जना मान्छे चकलेट खान मनपराउँछन् ।
यद्दपी विश्व उष्णीकरणबाट प्रभावित हुने पदार्थ चकलेट पनि हो । चकलेट बनाउने कोको फललाई स्थिर रूपमा उच्च तापक्रम तथा पर्याप्त आद्रता चाहिन्छ । विश्वका कफीका बिरुवाजत्तिकै माग को–कोका विरुवाको पनि छ । तर, तापक्रम, वर्षा, माटोको गुणस्तर, घाम तथा हावाको गतिको असन्तुलनको असर यसमा परिरहेको छ । इण्डोनेसिया तथा अफ्रिकाका कोको उत्पादक किसानले त अहिले कोको छाडेर ताज वा रबरको रुखको खेती सुरु गरिसकेका छन् ।
अहिले विश्वमा कोकोको एक तिहाइ माग धानिरहेका घाना र आइभरी कोष्टमा आगामी ४० वर्षमा औषतमा २ डिग्रीले तापक्रम बढ्नेछ । यसले उत्पादनमा गम्भीर असर पार्नेछ । अतः भविष्यमा चकलेटको भविष्य पनि अन्धकारमय छ ।
माछा र चिप्स
दोस्रो युद्धको समयमा बेलायति प्रधानमन्त्री विस्टर्न चर्चिलबाट ‘गुड क्याम्पियन’को संज्ञा पाएको माछा अब लोप हुँदैछन् । साथै माछाको आकार सानो भइरहेको छ । समुद्रको तापक्रम बढिरहेका कारण पानीमा अक्सिजनको मात्रा घटिरहेको छ ।
अधीक कार्वन डाइअक्साइड घुलिएका कारण महासागरको पानी धेरै अम्लीय बनिरहेको छ । यसले शेलफिसलगायतका बाहिरी खोल भएका सामुद्रिक जीवका लागि निकै खतरा पैदा भएको छ । पछिल्लो समय समुद्रमा माछाको संख्यामा उल्लेखनीय रूपमा कमी आइरहेको अध्ययनहरुले देखाएका छन् । भविष्यमा यो अवस्था अझै विकराल बन्नेछ ।
आलु के होला ?
भलै आलु माटोमुनि फल्दछ र तापमान वृद्धिले असर नगर्ला भन्ने लाग्नसक्छ । तर अहिले आलु खेती पनि लामो खडेरीबाट प्रभवित भइरहेको छ ।
बेलायती मिडियाका अनुसार बेलायतमा सन् २०१८ मा गमईका कारण आलुको उत्पादन एक चौथाइ घटेको थियो जबकि, आलुको औसत साइज पनि ३ सेमीले घटेको थियो ।
ह्विस्की तथा बियर
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको तथ्यांकअनुसार १५ वर्ष माथिको कुल जनसंख्याको पचास प्रतिशत(लगभग ३६ लाख)ले नियमित वा कहिलेकाही मदिरा सेवन गर्ने गरेको देखिएको छ । जसमध्ये २८ प्रतिशत पुरुष र ७ प्रतिशत महिलाको संख्या रहेको छ ।
दक्षिण पश्चिमी फ्रान्समा ६ सय वर्ष पुरानो ब्राण्डी मदिराको कम्पनी कोन्याक अहिले संकटमा छ । बढ्दो तापक्रमका कारण अंगुरको मिठास निकै बढिरहेको छ । जसका कारण ब्राण्डी उत्पादनमा समस्या उत्पन्न हुन्छ ।
त्यसैले उत्पादकहरुले अहिल चिन्तामा परिरहेको छन् र विकल्प खोज्न बाध्य छन् । वास्तवमा उत्पादकहरुले स्कटल्याण्डको एउटा प्रसिद्ध ह्विस्कीको हकमा पनि यस्तै समस्या खडा हुनेछ । विश्व उष्णीकरणका कारण खडेरी बढ्ने र पानी कम हुने देखिएको छ ।
तथ्यांक अनुसार औद्योगिक युग शुरु हुनुभन्दा अगाडिको जलवायुसँग तुलना गर्दा अहिले त्यतिबेलाको तुलनामा प्रचण्ड गर्मी र खडेरीको आशंका ३० प्रतिशतले बढेको छ ।
बियर उत्पादन गर्ने कम्पनीहरुले पनि यही समस्या भोगिरहेका छन् । चेक गणतन्त्र तथा अमेरिकी बियर उत्पादक कम्पनीहरुले पानीको कमी तथा सुख्खापनका कारण बालीको उत्पादनमा गिरावट आइरहेको जनाएका छन् ।
यसकारण छ चिन्ताजनक
तपाईंलाई लाग्नसक्छ, उल्लेखित कुराहरु सरोकारका विषय होइनन् । तर यदि पूरै विश्वमा अचानक जलवायुगत परिवर्तन आउँदा लाखौं मानिसको रोजी–रोटीको संकट खडा हुनेछ ।
विज्ञहरुका अनुसार विश्वको मौसमा लगातार असन्तुलन देखिने गरको छ । तापक्रम बढिरहेको छ । बालीनालीको उत्पादकमा गिरावटसँगै मूल्यमा बढोत्तरी हुनेछ । खाद्यपदार्थको कमीले मानवीय संकट सिर्जना गर्नेछ र यसले राजनीतिक अस्थिरता पनि पैदा गर्नेछ ।
त्यसैले मामिला केवल तपाईंको चियाको कप वा ह्विस्कीको कपसँग मात्र जोडिएको होइन, तपाईं हाम्रो जीविकासँग नै जोडिएको छ ।
एजेन्सीहरुको सहयोगमा