Logo

मोरङमा भरुवा बन्दुकसहित दुई जना प्रहरीको नियन्त्रणमा



Spread the love

११ साउन, मोरङ ।  प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका-७ मा भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकेशर राई र शम्भु गहत रहेका छन् । जनजागृति सामुदायिक वनमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा उनीहरुलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्