Logo

स्तरउन्नती नहुँदा ग्रामीण सडक अवरुद्ध



Spread the love

दिपक शर्मा
साउन १ , सल्यान
thinban khola

जिल्लाका दर्जनबढि ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । मनसुन सक्रियभएसँगै जिल्लाका दर्जनबढि ग्रामीण सडकहरु अवरुद्ध भएका हुन् ।
कच्ची सडक, पहिरो, खाल्डाखुल्डी र पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले जानकारी दिएको छ । ग्रामीण सडक अवस्द्ध भएपछि यात्रुहरु मर्कामा परेका छन् ।
दाङ– रुकुम चौरजहारी, सल्लीबजार चौरजहारी, दाङ –दमाचौर, दाङ– वाफुखोला, सल्यान खलंगा – सल्लीवजार, खलंगा–कालिमाटी रामपुर, खलंगा– लक्ष्मीपुर, खलंगा – लेखपोखरा, श्रीनगर– चिनाली, दाङ– भल्चौर फारुला लगायतका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएको सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिनु भयो ।
जिल्लामा पर्यांप्त मात्रामा सडकको विस्तार भएपनि आवश्यकता अनुसार स्तरउन्नी हुन नसक्दा बर्खा लाग्ने बित्तिकै ग्रामीण क्षेत्रका जनता यातायातको पहुचबाट विमुख बन्दै आइरहेका छन् ।
वषौं सडक निमार्ण तथा स्तरउन्नति गर्न भन्दै करोडौं बजेट विनियोजन हुने गरे पनि सडकको भने कुनै स्तरउन्नति हुन सकि रहेको छ्रैन । वषौं सडकमा पैसा खन्याउने गरेपनि बालुवामा पानी हाले बराबर हुने यात्रुहरुको भनाई रहेको छ ।
जिल्लामा नयाँ सडक विस्तार गर्नु भन्दा भइरहेका सडकहरुको स्तरउन्नती गर्नु पर्ने अध्यक्ष बुढाथोकीले बताउनु भयो । उहाँले भन्नु भयो जिल्लामा एकदुई गाविस बाहेक सबै गाविसमा सडक पुगेका छन, तर सरकारी बजेट सक्नलाई मात्र सडक निमार्ण भएका छन् भएको बजेटलाई एकीकृत गरी गाविसलाई १२ महिना सदरमुकामसँग जोड्ने गरी स्तरउन्नती गर्नतर्फ कसैले ध्यान दिन सकि रहेका छैनन् ।
नयाँ सडक खन्नेभन्दा पुरानैको स्तरउन्नी गर्नु आवश्यकता रहेको सरोकारवालाहरुको भनाई रहेको छ । तर विभिन्न संघसंस्था, सांसद विकास कोष र सरकार समेत सडक निमार्णको क्षेत्रमा ठुलो रकम खर्च गर्ने भएकाले बारम्बार नयाँ सडक खन्ने काम भइरहेको छ ।
अव्यवहारिक रूपमा जतासकै भत्काएर खनिएका सडकले वर्षेनि जिल्ला विकास समिति र गाविसको बजेठ कनिका छरेजस्तो मात्रै हुने गरेको छ । एउटा तर धेरै क्षेत्र समटने सडकको विकासका लागि रकम खर्च गर्ने हो भने सडक बाह्रै महिना यातायातका साधन चल्न सक्ने बनाउन सकिने जिल्ला विकास समिति सल्यानका सूचना अधिकृत पूर्ण बहादुर वलीले बताउनु भयो । राजनीतिक दाउपेज र आ आफ्ना क्षेत्रका सडकमा रकम लगाउनैपर्ने राजनीतिक दलहरूको अडानका कारण वषेर्नि सडक मर्मतमा विनियोजन हुने रकमको उपलब्धि नदेखिएको उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्