श्रावण,१ सल्यान- नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षतामा भएको पहिलो नगर सभाले नगर स्तरीय नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।
नगर उप-प्रमुख कल्पना पुनको स्वागत मन्तब्यबाट सुरु भएको पहिलो नगर सभामा बागचौर नगरपालिकालाई कसरी नमुना बनाउन सकिन्छ भन्ने विषयबस्तु संगै नगर प्रमुख लोकमान बुढाथोकीले नीति, कार्यक्रम तथा बजेटको बारेमा जानकारी गराउनु भएको थियो ।
बागचौर नगरपालिकालाई जिल्लाकै नमुना नगरपालिका बनाउने दृघकालिन सोचका साथ बजेटलाई प्रभावकारी ढंगबाट बिनियोजन गरिएको र, नीति, कार्यक्रम तथा बजेट नगरबासिको माग सम्बोधन गर्ने खाले पारित गरिएको नगर प्रमुख बुढाथोकीले बताउनु भएको छ।
सहिद रिङ्ग रोड, विद्युत, शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि लगायतका बिकासका पुर्बाधारहरुलाई विशेष प्राथामिकता दिएको बुढाथोकीले बताउनुभयो ।
पहिलो एतिहासिक नगर सभाबाट पारित गरिएका नीति, कार्यक्रम र बजेटलाई श्रवण ३ गतेका दिन सार्बजनिककरण गरिने भएको छ ।उक्त कार्यक्रममा उपस्थित हुन नगरपालिकाले श्रावण ३ गते बिहान ११ बजे सबैमा अनुरोध समेत गरेको नगर उपप्रमुख कल्पना पुनले जानकारी दिनुभयो