Logo

गुल्मीमा एमालेले १ भोट बराबर २५ हजार रुपैँया दिएको अडियो सार्वजनिक



Spread the love

गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यपालिकाको निर्वाचनमा एमाले नेताले कांग्रेसका एक कार्यकर्तालाई एक भोटका लागि २५ हजार रुपैयाँ दिएको अडियो सार्वजनिक भएको छ ।

शुक्रबार नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी एमालेका जिल्ला सचिवालय सदस्यले कांग्रेसबाट ५ नम्बर वडाका वडा सदस्य धनबहादुर नेपालीलाई शुक्रबार विहान तम्घासको एक गोप्य स्थानमा बोलाई २५ हजार हातमा थमाई दिएको अडियो रेकर्ड र नगद सार्वाजानिक गरिएको हो ।

टेलिफोन कुराकानीको अडियोमा भनिएको छ, ‘अहिले २५ हजार लिन आउनुस, कार्यपालिका जितियो भने एक लाख अरु दिईने छ, पैसाको पिरै नगर्नुस् ।

कांग्रेस कार्यकर्ता नेपालीले आफु इमान्दार कांग्रेसजन भएकोले एमालेको पैसामा बिक्न नचाहेको तर अरु दलितहरु सचेत होउन भनेर उक्त रकम लगेर कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीलाई दिएर सार्वाजानिक गरेको बताए ।

कांग्रेस सभापति श्रेष्ठले एमालेले चुनाव जित्नु रहस्य बल्ल अहिले आएर खुलेको बताए ।

उनले भने–‘ हामीलाई चुनाव ताका थियो , एमालेले धुप्रै दलित गरिवहरुलाई पैसा बाडेको छ भन्ने कुरा तर पनि प्रमाण थिएन, वल्ल अहिले आएर प्रमाण फेला पारेका छौं , पत्रकार सम्मेलन मात्रै गरेका होईनौं निर्वाचन आयोगमा मुद्धा समेत दायर गर्दैछौ । ’

मेयरका पराजित उम्मेदवारुमेत रहेका श्रेष्ठले भने, ‘पैसा बाँडेर चुनाव जित्नु भनेको ति दलित गरिव वर्ग समुदाय माथीको ठुलो अपमान हो ।’

प्रतिक्रिया दिनुहोस्