५ साउन, तेह्रथुम । प्राथमिक स्वास्थ्य केन्द्र भित्र पार्टी संचालन गर्ने केन्द्रका प्रमुखडा. सन्तोषप्रसाद शाहले हाम्रोसवाल अनलाइनका संचालक/सम्पादक अमृत बास्तोलालाई धम्कीपुर्ण चेतावनी दिएका छन् ।
तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भित्र बुधबार राती पार्टी र दोहोरी साँझ नै चलेको समाचारको विषयमा सम्पादक बास्तोलालाई शुक्रबार दिउँसो ११ बजेर ३ मिनेटमा फोन गर्दै स्वास्थ्य केन्द्रका प्रमुख डा. शाहले मेरो मानहानी भयो, १० मिनेट भित्र आठराई गाउँपालिकाको कार्यालयमा उपस्थित हुन भन्दै चेतावनी दिएको हो ।
हस्पिटलमा पार्टी संचालन भएको विषयमा बिरामीले केही भनेका छैनन् , पत्रकारले चासो राख्ने विषय नभएको स्वास्थ्य केन्द्र प्रमुख डा. शाहले बताएको छ । समाचारले आफ्नो बदनाम भएकोले अब आफु पनि चुप लागेर नबस्ने उनको भनाइ छ ।
गाउँपालिकामा समाचारको विषयमा छलफल गर्न डा. शाहले आह्वान गरेको हो । सम्पादक बास्तोलाले १० मिनेट भित्र उपस्थित हुन नसक्ने बताउदै समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो रोज्न आग्रह गरेका छन् ।
बुधबार राति चर्चित गित गलबन्दीको भाका सँगै माहोलले स्वास्थ्य केन्द्रलाई तताएको थियो । आठराईका स्वास्थ प्रमुख एवम् प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा. शाहले केन्द्र भित्रै पाटि संचालन भएको बताएको थियोे ।
स्वास्थ्य केन्द्र गलबन्दी च्यातिएको उपचार गर्ने ठाउँ होइन, सबै किसिमका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने निकाय हो ।( रासस )