Logo

डरलाग्दो अर्थात् नराम्रो सपना देख्नु बिरामी हुने संकेत



Spread the love

हरेक मानिसहरू सपना देख्छन्, कहिले राम्रो त कहिले नराम्रो। डरलाग्दो सपना देखेसंगै मानिस पसिना–पसिना भएर ब्युँझन्छन्। तर, त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। कहिलेकाहीँ रोगको लक्षण देखिनुभन्दा धेरै अघि नै नराम्रा सपना देखिने गर्दछ ।

बारम्बार नराम्रा सपना देख्नाले बालबालिका भावनात्मक चोटको सामना गर्नुपर्ने हुनसक्ने अनुसन्धानकर्ताको भनाइ छ। उनीहरुका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ।

यसका साथै थुप्रै मेडिकल समस्याका कारण निद्रा विथोलिने क्याम्ब्रिजको पापवर्थ अस्पतालक निद्रा अनुसन्धानकर्ता एवम् कार्डियोलोजिस्ट डा.निकोलस ओस्क्रोफ्टले बताए ।

त्यस्तै, अनिद्राको समस्या भएका मानिसले पनि नराम्रा सपना देख्छन्, यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ।

अति खराब सपना देख्नु पार्किन्सन रोगको प्रारम्भिक संकेत भएको न्युरोलोजिष्टहरुको भनाइ छ। माइग्रेनले पनि नराम्रा सपना देखाउछ। धेरैजसो महिलाले रजस्वला वरपरको समयमा अनेक थरि सपना देख्नछन्।

प्रतिक्रिया दिनुहोस्