Logo

मांसाहारी भोजन भन्दा शाकाहारी भाेजननै उत्तम



Spread the love

मांसाहारी भोजनको अधिक सेवनले युरिक एसिड बढ्ने,रगतमा बोसोको मात्रा बढ्ने,मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी रहन्छ । त्यसैले पनि शाकाहारी बन्नका लागि मानिसहरू लागिपरिरहेका छन्।

मांसाहार भोजन जत्तिकै शाकाहारी भोजन पनि पोषकयुक्त हुन्छ। मांसाहारी भोजनमा माछा, मासु र अन्डाबाट प्रोटिनप्राप्त हुन्छ भने शाकाहारीलाई वनस्पतीबाट प्राप्त हुन्छ। रोगसँग लड्न सक्ने क्षमता शाकाहारी भोजनमा हुन्छ। त्यसैगरी शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेट पनि पाइन्छ जुन स्वास्थ्यका लागि फलदायी हुन्छ। शाकाहारी भोजनमा फाइबर प्रचुर मात्रामा पाइन्छ। थाहा पाउनुहोस् शाकाहारी भोजनका फाइदाहरु:

हृदय सम्बन्धि रोगको सम्भावना कम
शाकाहारी भोजन गर्ने व्यक्तिलाई हृदय सम्बन्धि रोग हुने सम्भावना निक्कै कम हुन्छ । किनकी मांसाहारको तुलनामा शाकाहारी भोजनमा बोसो र कोलोस्ट्रोलको मात्रामा कमी हुन्छ ।

कम डिप्रेसन र तरोताजा बनाउँछ
यो भोजनले छिटो खाना पचाउनुका साथै मस्तिष्कलाई सचेत राखी बुद्धिमान बनाउँछ । शाकाहारी भोजन सेवन गर्ने व्यक्तिलाई डिप्रेसन कम हुनुको साथै उनीहरु तरोताजा महसुस गराउँछ ।

उच्च रक्तचापको सम्भावना न्युन
शाकाहारी मानिसमा मासांहारी भोजन गर्ने मानिसभन्दा उच्च रक्तचापको सम्भावना एकदम कम हुन्छ।

क्यान्सरबाट बचाउँछ
शाकाहारी भोजनले विभिन्न प्रकारको रोगबाट बचाउन पनि सहयोग गर्दछ। विभिन्न अध्ययनहरुमा पनि प्रमाणित भइसकेको छ कि शाकाहारी भोजन गर्ने व्यक्तिमा स्तन क्यान्सरको खतरा कम हुन्छ।

किड्नी रोगबाट मुक्ति
किड्नीको समस्याबाट बच्न शाकाहारी भोजन लाभदायक छ ।अध्ययनका अनुसार पिसाबाट प्रोटिन निक्लिनु किड्नी सम्बन्धी विकार मासांहारी को तुलनामा शाकाहारीमा कम पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्