३ साउन, काठमाडौँ । रोजगारीको प्रलोभनमा परि भारततर्फ लैजाने क्रममा ११ जनालाई प्रहरीले उद्धार गरेको छ ।
विभिन्न प्रलोभनमा पारी उनीहरुलाई भारततर्फ लाँदै गरेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले मोरङ उर्लाबारीका करन लिम्बु सहित ११ जनालाई बिहीबार राति उद्धार गरेको हो ।
उक्त कार्यमा संलग्न अभियुक्त मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने फुर्का उराम, फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका–७ बस्ने हफिज अन्सारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्