रायो साग भन्नाले एक किसिमको तरकारी हो l जसलाई हामी करेसाबारीमा रोप्ने गर्दछ l साग हाम्रो लागि एकदम फाइदाजनक तरकारी हो l जसको सेवन गर्नाले हाम्रो स्वास्थ्य स्वस्थ रहने गर्दछ l
हेर्नुहोस् रायोको साग खानुका फाइदा :
- रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धो समस्याबाट केटाकेटीलाई बचाउने गर्दछ ।
- यदि तपाइको दाँत दुखेमा रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नुहोस् l जसले गर्दा दाँतको दुखाइ कम हुनेछ l
- रुघा लागेको बखत रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले यस्तो समस्याबाट छुटकारा मिल्दछ ।
- यदि तपाइको बच्चाले ओछ्यानमा नै पिसाब फेर्छ भने उसलाई रायोको चूर्ण चिसोपानीमा मिसाएर पिलाउने गर्नुहोस् ।
- पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्ता दिनजति खानाले पाचनशक्ति बलियो बनाउनका साथै भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।
प्रतिक्रिया दिनुहोस्