Logo

फेरि आतंकबादी निशानामा फ्रान्स,८४ जनाको मृत्‍यु,सय बढी घाइते



Spread the love

असार, ३१

Flag_of_France.svg

एकसय तीस जनाको ज्यान जाने गरी घटना भएको एक वर्ष नबित्दै फ्रान्समा फेरि आक्रमण भएको छ।नीस सहरमा ‘बास्टिल डे’ मनाइरहेका बेला आतंककारी हमला हुँदा ८४ जनाको ज्यान गएको हो। हमलामा परी अरू एकसय बढी घाइते भएका छन, घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको छ।
बास्टिल डे लाई फ्रान्समा र्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। दिवसका अवसरमा उत्सव मनाइरहेका बेला मान्छेको ठुलो भिडमा लरि जथाभावी गुडाउदा ठुलो जनधनको क्षति भएको छ। लरि चालक प्रहरी कारवाहीमा मारिएका जनाइएको छ।
हमलापछि फ्रान्सका राष्ट्रपति फ्रान्स्वा होल्यान्डले घटनालाई आक्रमण भन्दै गत वर्षदेखि जारी आपत्कालीन अवस्था थप तीन महिना लम्बिने जनाएका छन। साथै ईस्लामिक अतिवादी समूह ‘ आइएस’ विरुद्ध इराक र सिरियामा कारवाही जारी राख्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्