मेरो त धिमा गति छ, १० वर्षमा एउटा कविता संग्रह निस्किन्छ ! यो महिनाभरी अन्नपूर्ण रेडियोले सेलिब्रेटी अफ दि मान्थ मलाई बोल्या छ ! हर्कबहादुर पनि त्यति लामो नहुन सक्थ्यो !संगठनको हिसाबले खुकुलो छ !अतिरिक्त अभिलेखमा फलो कम छ-संगठन चाहि बलियो छ !म आफैले अहिले मुल्यांकन गर्दा धर्तीको गीतमा पनि सबै कविता गतिला छैनन् १ एउटा कविता लेखियो भने चार पाँच लाइन कविता हुन्छ ! बाँकी त कुरा हुन्छे के (हाँसो) !
दिनेशहरि
मेरो फर्मल नाम दिनेशहरि अधिकारी ! जागिरका मान्छेहरुले, जागिरमा चिनिएका हरुले दिनेशहरि नै भन्छन् !साहित्यिक/सांगीतिक ददुनियाँमा दिनेश अधिकारी ! मेरो चाहिं सात पुस्ता देखि बीचमा हरि जोडिंदै आएको हो ! जिजु हजुरबुबा लोकहरि, त्या भन्दा अगाडी नरहरी, हजुरबुबा दुर्गाहरी, पिता जी नन्दहरि, म दिनेशहरि ! हरि जोडिएर आउने बित्तिकै मेरो खलक हो भनेर चिनिन्थ्यो ! अहिले पनि चिनिन्छ ! नाम एक त लामो भयो ! दोस्रो कुरा अलि ठट्टा गरेर भन्दा खेरि लेखनमा म यति इमान्दार हुन्छु नि त्यहाँ हरि(भगवान)को आवश्यकता नै छैन ! भगवान हरिको आवश्यकता छैन ! पेशा, व्यवसाय, जागिर-जहाँ जालझेल छ, जहाँ षणयन्त्र छ, – त्यहाँ चाहि हरिले काम गर्छ (लामो हासो) !
मलाई एकदुई कुरा सम्झना छ ! त्यतिखेर म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्दथे ! बबरमहलमा अफिस थियो ! सेन्टर्ली लोकेटेड भएको कारण साथीहरु आउनुहुन्थ्यो ! अनि यसो हेर्ने नेमप्लेट – दिनेशहरि अधिकारि ! ए दिनेश दाइ होइन रछ, अर्कै रछ ! भनेर बाहिरै बाट फर्केको घटना धेरै भाछ ! म आफैंलाई साहित्यिक/सागीत्क क्षेतामा दिनेशहरि अधिकारिको गित/कविता भन्यो भने म आफैंलाई मेरो होइन जस्तो फिल हुन्छ !
गीतको कुरा:
मिडियामा काम गर्नेहरुको अयोग्यताको सबभन्दा राम्रो प्रमाण हो ! किन म यो जोड दिएर भनिरहेछु भने यसको पछाडी सबैभन्दा बढी दोषी मिडिया छ ! कानुन(जोड दिएर) मिडियाले पनि मान्नुपर्छ ! अन्तराष्ट्रिय सम्झौतामा हामील हस्ताक्षर गर्यौ भन्ने कुरा थाहा नहुन सक्छ ! तर राष्ट्रिय कानुन, ऐन बनेर आएको कानुन, संविधानमा भएको व्यवस्था त मिडियाले मान्नुपर्छ नि ! गितसंगीतको सन्दर्भमा कानुनमा दुई किसिमको परिचय छ ! एउटा क्रियटर(रचयिता) ! अर्को पर्फमर ! क्रियटर भित्र गीतकार र संगीतकार पर्छ ! छोटोमा कुरा गर्दा क्रियटरको दुई वटा राइट्स हुन्छ-एउटा नैतिक अधिकार ! अर्को आर्थिक अधिकार ! आर्थिक अधिकार- हामीले रोयल्टी/पारिश्रमिक पाउने कुराहरु भयो ! नैतिक अधिकार हामीले नाम पाउने कुरा भयो ! नैतिक अधिकार सधैभरी प्राप्त हुन्छ ! सृष्टि रहेसम्म, भाषा रहेसम्म, संगीत रहेसम्म ! आर्थिक अधिकार हामीलाई कहिलेसम्म प्राप्त हुन्छ ? हामी बाचुन्जेल र हामी मरेको पचास वर्षपछी सम्म हाम्रो अधिकार रहन्छ !
अब पफर्मर को हो त भन्दा- सिंगर हो पफर्मर ! सिंगरले यदि सम्झौता छ भने – एउटा सिंगरले एउटा गित जुन लयमा गएको छ त्यहिँ गित त्यहिँ लयमा अर्कोले १० वर्षसम्म गाउन पाउंदैन ! सिंगरको आयू जम्मा १० वर्षको हो ! यदि त्यो ट्युन(लय) सम्झौताले रोक्दैन, मैले अर्कोलाई पनि दिन पाउँछु भने – अर्को ट्युनमा अर्कोले गाउन सक्छ ! गाजलु ती ठुलाठुला आँखा धेरैले गएका छन् ! गुलाम अलि, अम्बर दाइ(अम्बर गुरुङ)ले गाउनुभाछ !
नारायण गोपालको निधन पछी नारायाण गोपालको स्वरहरु हटाएर चलचित्रमा आएका छन् ! नया पुस्ताको गायकगायीकाहरु त्यै गित त्यै लयमा गएर प्रकाशनमा ल्याईरहेका छन् ! राइट्सको हिसाबले हामी त्यति माथि छौं ! हाम्रो गित हामी १० वर्ष पछी(सम्झौता अनुरुप) अर्को कुअनी गायकलाई दिन सक्छौं !
नाम पाउने मेरो अधिकार ! दाम दिन बदमाशी गरेको छ-बेग्लै पार्ट हो !