बर्ष सुरु भएसंगै बैतडीको डिलोसैन गाउँपालिका ६ बांगाबगरका धनीराम सार्कीको निन्द्रा खोसिएको छ ।
माथिबाट पहिरो खस्न थालेपछि आफु बसेको टहरो कतिखे। बग्ने हो भन्ने चिन्ताले उहाँले अनिँदै रात कटाउन थाल्नु भएको हो ।
ती दिन लगातार बर्ष भयो ।
पानी पर्न थालेपछि कतिखेर पहिरो खस्ने हो भन्ने डरले सताउँछ, उहाँले भन्नुभयो ।
अघिल्लो बर्षपनि त्यही ठाउँमा खसेको पहिरोले उहाँको घर पुरियो । सबै गाईबस्तु पहिरोसंगै सोहोरिए ।
धनीराम जस्तै त्यहाँका सात दलित परिवार छेउमै टहरा बनाएर बसिरहेका खबर आजको अन्नपुर्णपोष्टमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्