Logo

मिठो निन्द्रा पाउनका लागि अपनाउनुहोस् यी उपाय



Spread the love

सबै मानिसहरूको लागि निन्द्रा एक प्यारो चिज हो l जसले हाम्रो सबै थकानलाई मेटाई आराम प्रदान गर्ने गर्दछ l तर कहिले कहीँ यस्तो भई दिन्छ कि हामीलाई निन्द्रै पर्दैन l जसले गर्दा हाम्रो दिनभरिको थकान मेटिँदैन l त्यसैले मिठो निन्द्रा पाउनका लागि गर्नुहोस् यी प्रयास l

  • नियमित एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुहोस् l जसले अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।
  • आफ्नो भोजनमा दाल, फलफुल, सलाद, दूधजस्ता खानेकुरा खाने गर्नुहोस् l जसले मीठो निद्रा प्रदान गर्दछ ।
  • मिठो निन्द्रामा सुत्नका सुत्नु अघि चिसो पानीले नुहाउने गर्नुहोस् l जसले गर्दा थकान मेटाई मिठो निन्द्रा लाग्ने गर्दछ l
  • आफ्नो सुत्ने कक्षमा मधुरो प्रकाशको बत्ती बाल्ने गर्नुहोस् । जसले मीठो निद्राका लागि आवश्यक मुड बनाइदिन्छ ।
  • याद राख्नुहोस् सुत्नु अघि आफ्नो मोबाइललाई अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुहोस् ।
  • तपाईँ सुत्नु अघि आफूले दिनभरि गरेको दैनिकी बारे लेख्ने बानी बसाल्नुहोस् l जसले गर्दा तपाईँको मनलाई तनाव र छटपटीबाट मुक्त गराई मिठो निन्द्रा लाग्ने गर्दछ l

प्रतिक्रिया दिनुहोस्