के तपाइको गर्मी मौसम सुरु भए सँगै नाकबाट रगत आउने समस्या पनि सुरु हुन्छ ? यदि हुन्छ भने अपनाउने गर्नुहोस् l यी घरेलु उपाय जसबाट रगत आउने समस्याबाट छुटकारा मिल्दछ l
- यदि तपाइको नाकबाट रगत बगिरहेको छ भने नाकबाट नभएर मुखबाट श्वास लिने गर्नुहोस् l
- बेलको पात पानीमा पकाएर मिश्री मिलाएर पिउँदा पनि नाकबाट रगत बग्ने समस्याबाट मुक्ति पाउन सकिनेछ l
- यदि तपाईँ नाकबाट रगत बग्ने समस्यामा हुनु हुन्छ भने सिसौको पातको रस दैनिक रूपमा दुई चम्मा पिउने गर्नुहोस् l जसले गर्दा यस्तो समस्याबाट छुटकारा मिल्दछ ।
- नाकबाट रगत बग्ने क्रममा प्याजको रस वा यसको टुक्रा नाकको नजिक राख्नुहोस् l जसले यस्तो समस्याबाट छुटकारा दिलाउँदछ l
- नाकबाट रगत बगेमा चिसो पानीलाई पीडितको शरीरमा हाल्नुहोस् । जसले गर्दा नाकबाट रगत बन्द हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्