Logo

एकसाथ सम्पूर्ण बलिउड सेलिब्रेटीहरु बुढो भए !



Spread the love

एजेन्सी । एक दुई दिन मात्रै भयो । बलिउडका हरेक सेलिब्रेटीहरु बुढो देखिएका छन् । सेतो दारी, चाउरिएका गाला,  फुंग उडेको अनुहारमा देखिएका छन् – नवविवाहित रणवीर र दीपीकाको जोडी । ३४ वर्षीय रणवीर कपूर र ३३ वर्षीय दीपीका पादुकोण एकाएक कसरी यस्तो भए ?

https://www.instagram.com/p/B0AkutMlQ5y/?utm_source=ig_embed

यस्तै हालत छ- २७ वर्षया  दिशा पटनीको  । ६० को हाराहारीको देखिएकी छिन्- उनी । उनको फ्यानहरु बताईरहेका छन् कि अब हामी मरे पनि हुने भयो ।

 

यस्तै  वरुण धवन, आलिया भट्ट, अर्जुन कपूर, नसुरुद्दिन शाह, आयुस्मान खुराना, सोनाम कपूर लगायतका सेलीब्रेटीहरुको पनि उही हविगत छ । एकएक गर्दै अन्य सेलीब्रेटीहरु पनि बुढो देखिइरहेका छन् ।

 

Arjun Kapoor

Dashing dude, Arjun Kapoor looks dapper even in his old avatar!

आश्चर्यमा हुनुहुन्छ ? कसरी एकैसाथ सम्पूर्ण बलिउड सेलिब्रेटीहरु पाको उमेरको देखिए ?

Ayushmann Khurrana

Ayushmann Khurrana

सोसियल मिडियामा पनि यस बारे चर्चा शुरु भएको छ । कोहि यसलाई फेस एप च्यालेन्ज भनिरहेका छन् भने कोहि ओल्ड एज च्यालेन्ज ।

एक एप्लिकेसन, जसको मद्दतले ती सेलेब्रेटिहरु बुढो देखिएका हुन् । यो एक फोटो एप्लिकेसन हो – जसको सहायताले तपाइँ हामी सबै केहि सेकेन्डमा नै भविष्यमा पुग्न सक्छौं । बुढो देखिन सक्दछौं । पछिल्लो समय यस एप्लिकेसनको प्रयोगकर्तासँगसँगै क्रेज बढेको छ । सोसियल मिडियामा हरकोही “म ७० वर्षको  बुढो हुँदा यस्तो देखिने रहेछु ” भन्दै फोटो अप्लोड गरिरहेका छन् ।

तपाइँ ७० वर्षमा कस्तो देखिनुहुन्छ ?

प्लेस्टोरमा जानुहोस् । ‘फेसएप’ सर्च गर्नुहोस् । एप्लिकेसन तपाइको सामुन्ने देखिनेछ ।

‘फेसएप’ इन्स्टल गर्नुहोस् । इन्सटल भइसकेपछी  ‘ओल्ड फिल्टर’ अप्सन क्लिक गर्नुहोस् । र, केहि सेकन्डमा नै आफू बुढो हुँदा कस्तो देखिनुहुनेछ- थाहा पाउनुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्