एक दिन एक धनाढ्य व्यक्ति आफ्नो छोरालाई साथमा लिएर कुनै दुरदराजको गाउँमा पुगे । उनी आफ्नो छोरालाई बताउन चाहन्थे कि ‘आफू कति धनी छु साथै गाउँका मान्छेहरु कति गरिब छन् ।’
उनीहरुले केहि दिन एक गरिब किसानको खेतमा बिताए । र, केहि दिनपश्चात उनीहरु घर फर्किदै थिए ।
घर फर्किदै गर्दा उक्त व्यक्तिले आफ्नो छोरा तर्फ हेर्दै भने, “तिमीले देख्यौं छोरा, गाउँमा मानिस कति गरिब छन् ? कति कष्टकर जीवन बिताइरहेका छन् ?”
छोराले भन्यो, “हजुर । बुबा मैले देखे ।”
“हामीसँग एउटा कुकुर छ । उनीहरुसँग चार वटा छ ।”
हामीसँग एउटा सानो स्विमिङ पूल छ । उनीहरुसँग एउटा नदि नै रहेछ ।”
हामीसँग रातलाई उज्यालो बनाउन विदेशबाट मगाइएको महङ्गा लालटिनहरु छन् । तर उनीहरुसँग अर्बौ ताराहरु छन् ।”
हामी आफ्नो खाना बजारमा गएर ल्याउँछौ । उनीहरु आफ्नो खाना आफ्नै खेतमा आफै उब्जाउँछन् ।”
“हाम्रो घर विशाल भए पनि पाँच जनाको सानो परिवार छ । उनीहरुको त सिङ्गो गाउँ नै परिवार रहेछ ।”
“हामी सग बिहान बेलुका स्वच्छ हावा खान एउटा सानो गार्डेन छ । उनीहरुसँग सबै धरती छ । जो कहिल्यै समाप्त हुँदैन । “
“हाम्रो घरलाई चोर-डाकासँग बचाउन अग्लो-अग्लो पर्खाल छ । तर उनीहरुले आफ्नो रक्षाको लागि सम्पूर्ण गाउँ नै मित्रवत रहेछन् ।”
आफ्नो छोराको यो सबै कुरा सुनीसकेपछी उक्त व्यक्तिले केहि बोल्ने सकेन । उसको जिब्रो लाटो भयो । उसको मुखबाट कुनै शब्द निस्किएन ।
आफ्नो बाउको अनुहार नियालीरहेको छोराले यसो भनेर आफ्नो कुरा टुंगायो ।
“धन्यवाद बुबा ! तपाइँले आज मलाई यो कुरा बताईदिनुभयो – हामी कति गरिब रहेछौं । ”