Logo

यसरी सम्हाल्नुस् ब्रेकअप हुँदा आफुले आफैलाई



Spread the love

मनले चाहेजस्तो सधैं प्रेममा सफलता मिल्छ भन्ने छैन । असफल हुँदा वा ब्रेकअप हुँदा मन निकै दुखि हुने गर्दछ । यस्तो अवस्थाबाट हरकोहि गुज्रिएको हुन्छ त्यसैले , यसबाट निरास कतिपनि नभई जीवनमा अगाडी बढ्नु पर्छ । जीवनमा यस्ता समस्याहरुको सामना गर्न विभिन्न उपायहरु हुनसक्छ । केही उपाय यसप्रकार रहेको छ :

आँसुलाई बहन दिनुहोस्रु , पीडा बिर्सनुहोस्:

दुःख तथा पिडाबाट मनलाई बाहिर निकाल्नको लागि पनि रुनु जरुरी छ । रुनु भनेको मानिस बलियो हुनु हो ।

आफूलाई सकेसम्म व्यस्त राख्नुहोस्ः

एक्सरसाइज गर्नुहोस्, पढ्नुहोस वा भिडियो हेर्नुहोस् । मुड ठिक बनाउन लागि पर्नुहोस , कोशिस गर्नुहोस् ।

भावनात्मक सहयोग खोज्नुहोस्ः

साथीहरुसँग कुरा गर्ने ,समय बिताउने तथा दुःखमा साथीहरुको सहयोग लिनुहोस् । यसले टुटेको प्रेमको पीडा भुल्न मदत मिल्छ ।

ब्रेकअपपश्चात भेट्ने प्रयास नगर्नुहोस

ब्रेकअप जोसँग भएको हो, उसँग भेट्न खोज्नु हुँदैन । ब्रेकअपपछि भेट्नुको कुनै अर्थ रहँदैन।

प्रतिक्रिया दिनुहोस्