Logo

सशस्त्रभित्र आफ्नैलाई सिध्याउने खेल



Spread the love

 

विवादै विवादमा परेर सांगठनिक रूपमा बदनामी कमाएको सशस्त्र प्रहरीबलभित्र फेरि एकले अर्कालाई सिध्याउने खेल सुरु भएको छ ।

स्थापना भएको १७ वर्षमा ९ वटा प्रमुख फेरेको सो सङ्गठनका ४ जनामाथि भ्रष्टाचारको अभियोग लागेर अहिले अदालत धाइरहेका छन् ।

बहालवाला प्रमुख हुँदा नै भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेका तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त नेपालको सुरक्षा इतिहासमा कलंक लागेर निलम्बनमा पर्ने पहिलो व्यक्तिको रूपमा दर्ता भएका छन् ।

पछिल्लो पटक गर्न लागेको ऐन संशोधनले सङ्गठनभित्रका उच्च अधिकारीबीच तिक्तता उत्पन्न गराइदिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

सो सङ्गठनभित्र ३० बर्से सेवा अवधि हटाउने र सेवा अवधि ३२ बर्से बनाउने खेलमा सङ्गठनका प्रमुख नै लागेपछि विवादले उग्र रूप लिएको छ ।

प्रतिक्रिया दिनुहोस्