मानिस एक चेतनशील प्राणी हुन् l जसले आफ्नो हर कुरा आफूसँग मिल्ने व्यक्तिलाई सुनाउने गर्दछ l तर के तपाईँलाई थाहा छ ? हामीले कस्ता किसिमका व्यक्तिहरूलाई कहिल्यै पनि आफ्नो गोप्य कुरा सुनाउनु हुँदैन । जसले गर्दा हामी सङ्कटमा पर्न सक्दछौँ ।
यस्ता व्यक्तिलाई नसुनाउनुहोस् आफ्नो गोप्य कुरा :
लोभी
जुन व्यक्तिमा लोभ लालच हुन्छ l त्यस्ता व्यक्ति आफ्नो फाइदाको लागि जे गर्न पनि तयार रहन्छ l यस्तो, अवस्थामा तपाईँको कुनै पनि गोप्य कुरा धनको लालचमा आएर खोल्दिन सक्छ ।
मुर्ख
कहिल्यै पनि आफ्नो गोप्य कुरा यस्ता व्यक्तिलाई नसुनाउनुहोस् l जो राम्रो–नराम्रो, आफ्नो–पराई वा साथी–दुश्मनबीच फरक छुट्याउन सक्दैन । यदि तपाईँ उसको अगाडि आफ्नो गोप्य कुरा व्यक्त गर्नुहुन्छ भने जानेर वा नजानेर अरूको सामु कुरा खोलिदिन सक्दछ ।
बालक
कुनै पनि बालक अथवा बालिकाका अगाडि आफ्ना गोप्य कुरा खोल्नु हुँदैन । किनकि उनीहरूलाई के कुरा बोल्नुहुन्छ र बोल्नुहुन्न भन्ने बारेमा थाहै हुँदैन l जसको परिणाम पछि तपाईँले उठाउनु पर्ने हुन्छ ।
स्त्री
शास्त्रअनुसार, स्त्रीहरूको स्वभाव चञ्चल हुने गर्दछ । जसले गर्दा धेरैजसो स्त्रीहरूले भन्न नहुने कुराहरू पनि भन्ने गर्छन् l जसको परिमाण परिवारले भोग्नु पर्ने हुन्छ । त्यसैले स्त्रीसँग आफ्नो गोप्य कुरा खोल्नु उचित रहँदैन l
उत्ताउला (पागलपन)
यदि कुनै पनि व्यक्तिमा उत्ताउलापन देखिन्छ भने यस्ता व्यक्तिहरूको अगाडी आफ्नो गोप्य कुरा कहिल्यै पनि नखोल्नुहोस् l किनकि यस्ता व्यक्तिलाई आफ्नो गोप्य कुरा बताउनु भनेको आफू सङ्कटमा पर्नु हो ।